एलजीले बालबालिकाका लागि वेरेबल डिभाइसका रूपमा 'किजअन' लाई नेपाली बजारमा उपलब्ध गराउन थालेको छ। उक्त डिभाइसलाई बालबालिकाले घडीजस्तै हातमा बाँध्न सक्छन्। खासगरी सानो उमेरका बालबालिकाले यसको प्रयोग गर्न सक्छन्, जसले गर्दा अभिभावकले उनीहरूका सबै क्रियाकलापलाई उक्त डिभाइसको सहयोगले नियन्त्रण गर्न सक्नेछन्। जीपीएस तथा वाईफाईको सहयोगले अभिभावकले स्मार्टफोन वा ट्याब्लेटमा आफ्ना बालबालिका कहाँ छन् र के गरिरहेका छन् भन्ने जानकारी प्राप्त गर्न सक्छन्। किजअनमा रहेको वान स्टेप डाइरेक्ट कलको सहयोगले प्रत्यक्ष कुराकानी पनि गर्न सकिन्छ। यदि बालबालिकाले १० सेकेन्डसम्म फोन उठाएनन् भने किजअन स्वचालित रूपमा फोनसँग कनेक्ट हुन्छ र त्यसमा भएको माइक्रोफोनको सहयोगले सबै आवाज अभिभावकले सुन्न सक्छन्। उक्त डिभाइसमा लोकेसन रिमाइन्डर नामक अर्को एउटा फिचर पनि छ। पहिले नै कुनै निश्चित समयका लागि निर्धारण गरिएको लोकेसन अलर्टले उनीहरू कुन स्थानमा छन् भन्ने कुरा थाहा पाउन सकिन्छ।
किजअनमा ६४ एमबी र्याम र १ सय २५ एमबी स्टोरेज उपलब्ध छ। यसको ४ सय एमएएच ब्याट्री ३६ घण्टासम्म चल्न सक्छ। २५ प्रतिशत ब्याट्री कम भए पछि अभिभावकलाई एलर्ट आउँछ। नीलो, हरियो र गुलाबी रंगमा उपलब्ध किजअनले टुजी तथा थि्रजी नेटवर्क सपोर्ट गर्छ।
प्रकाशित: श्रावण १६, २०७१