गसिप

जुध्दैछन् निशा र प्रियंका

नायिकाद्वय निशा अधिकारी र प्रियंका कार्की समकालीन कलाकार हुन्। करिब एकै समयमा करियर प्रारम्भ गरेका यी दुई नायिका असल साथी पनि हुन्। पछिल्लो समय चलचित्रमा अभिनय गर्ने क्रममा प्रियंकाले निशालाई उछिनेको चर्चा चलिरहेको छ। स्थिति कस्तो भैसकेको छ भने प्रियंकाले अभिनय नगर्ने भनेर छाडेको चलचित्रमा निशाले अभिनय गरिरहेकी छिन्। हालै छायांकन सम्पन्न चलचित्र 'आभास' त्यसको उदाहरण हो। यतिबेला यी दुई नायिकाले अभिनय गरेका दुई भिन्न चलचित्र एकै दिन प्रदर्शन हुने भएका छन्। प्रियंकाले अभिनय गरेको 'पुन्टे परेड' तथा निशाले अभिनय गरेको 'मेरो भ्यालेन्टाइन' एकै दिन प्रदर्शन हुने भएपछि दुवै नायिका अचम्ममा परेका छन्। भन्नेहरू प्रियंका र निशाबीच कुनै प्रतिस्पर्धा छैन भन्छन्, तर चलचित्रको अभिनयबाट प्रशंसा पाउने प्रसंगमा प्रियंका निशाभन्दा अघि छिन्। अब हेर्नु छ, साउन १६ गते प्रदर्शन हुने यी चलचित्रबाट कुन नायिकाले बढी चर्चा पाउने हुन् !
प्रकाशित: श्रावण २, २०७१