प्रतियोगिता

मिस टिन आउँदै

टिन सुन्दरीहरूमा केन्दि्रत 'मिस टिन-२०१४' को तयारी तीव्र भएको छ। द फेसन प्लसको आयोजनामा चौथो पटक सञ्चालन हुन लागेको यो प्रतियोगितामा सहभागी हुन न्यूनतम एसएलसी उत्तीर्ण, ५ फिट शारीरिक उचाइ, आकर्षक व्यक्तित्व, १५ देखि १९ वर्ष उमेर समूहभित्र हुनुपर्ने मापदण्ड तोकिएको छ। काठमाडौं, बनेपा, चितवन र झापामा अडिसनपश्चात् प्रशिक्षण अगाडि बढाइने यो प्रतियोगिताको तयारीका क्रममा पौडी, जुम्बा, शारीरिक फिटनेस, व्यक्तित्व विकास, स्टेज पर्फमेन्स, र्‍याम्प वाक आदि विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
प्रकाशित: असार २७, २०७१