कलर्स टेलिभिजनबाट प्रसारण हुने विवादास्पद कार्यक्रम 'बिग बोस' को आठौं संस्करणको चहलपहल प्रारम्भ भएको छ। केही महिनापछि नै प्रसारण प्रारम्भ हुने उक्त कार्यक्रमका लागि यतिबेला प्रतियोगीहरूको छनाैट जारी छ। कार्यक्रमको पहिलो प्रतियोगिका रूपमा विवादास्पद ड्रामा क्विन निशा यादवलाई छनाैट गरिएको बताइन्छ। समाचारमा जनाइएअनुसार कार्यक्रमका कास्टिङ एजेन्ट निशाको नियमित सम्पर्कमा छन्। बिग बोसमा विवादास्पद तथा चर्चित व्यक्तित्वलाई समावेश गर्ने क्रममा निशाको छनाैट भएको हो। उनको बिन्दास जीवनशैलीका कारण बिग बोसका निर्माता उनीप्रति आकषिर्त भएका हुन्। निशा फोटोसेसनका क्रममा धेरै पटक न्यूड भैसकेकी छिन्। भनिन्छ, एउटा सफ्ट पोर्न म्यागेजिनले समेत निशासमक्ष फोटोसेसनको प्रस्ताव राखेको छ।
प्रकाशित: असार २०, २०७१