प्रविधि

टेम्पल रनको कीर्तिमान

टेम्पल रन नामक भिडियो गेमले नयाँ रेकर्ड बनाएको छ। उक्त गेमलाई कम्प्युटर, आइफोन र मोबाइल गरी १ अर्ब पटक डाउनलोड गरिएको छ। इमांगी स्टुडियोले निर्माण गरेको टेम्पल रन ओरिजिनल सिरिजबाहेक यसको सिक्वेलका रूपमा टेम्पल रन टु पनि बनिसकेको छ। निर्माता कम्पनीले अर्को एउटा रहस्योद्घाटन् पनि गरेको छ। उक्त खेल खेल्ने व्यक्तिहरूमा ६० प्रतिशत महिला छन्। यो खेल चीनमा सर्वाधिक खेलिन्छ। चीनमा डाउनलोड गरिने कुल खेलमध्ये ३६ प्रतिशत टेम्पल रन नै हुन्छ। दोस्रो नम्बरमा अमेरिका छ, जहाँ २१ प्रतिशत मानिसले यो खेल डाउनलोड गर्छन्। नेपाल र भारतमा भने यो एकदमै कम खेलिने गेममा पर्छ।
प्रकाशित: असार २०, २०७१