बलिउड

विवाह गरे शिवदासिनीले

बलिउड स्टार अफताव शिवदासिनीले गर्लप|mेन्ड निन दुसान्जका साथ विवाह गरेका छन्। लामोको अफेयरपश्चात् यो जोडीले परिपक्व प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। निजी कार्यक्रमका रूपमा दुई परिवारका सदस्यमात्र उपस्थित उनीहरू वैवाहिक समारोह सानो स्वरूपको भए पनि भव्य भोजमा सबैलाई बोलाउने तयारीमा रहेको अफतावले बताएका छन्। देशी-विदेशी साथीहरूलाई बोलाएर वर्षको अन्त्यसम्ममा भव्य भोज गर्ने योजना बनाए पनि हाल यो जोडी हनिमुनमा निस्किसकेको छ। चलचित्र 'मस्त' बाट बलिउड नायकका रूपमा डेब्यु गरेका अफतावले त्यसअघि पनि ६ वटा चलचित्रमा बालकलाकारको भूमिका निर्वाह गरिसकेका थिए। हङकङमा बस्दै आएकी निन पञ्जाबी हुन्। उनको पालनपोषण लन्डनमा भएको थियो। निन ६ वर्षयता हङकङस्थित लन्जरी उद्योगमा सल्लाहकारका रूपमा काम गरिरहेकी छिन्।
प्रकाशित: असार ६, २०७१