सेलेना गोमेजसँग सम्बन्ध टुटेपछि अमेरिकी गायक जस्टिन बिबर यतिबेला एउटी मोडलसँगको डेटिङमा रमाइ रहेको समाचार सार्वजनिक भएको छ। जस्टिन अचेल तस्बिर सार्वजनिक गर्ने सामाजिक सञ्चाल इन्टाग्राममार्फत १८ वर्षीया मोडल योवाना वेन्चुराका तस्बिर सार्वजनिक गरिरहेका छन्। एउटा वेबसाइटले जनाएअनुसार २० वर्षीय बिबर १८ वर्षीया ती मोडलसँग डेटिङसमेत गरिरहेका छन् तर योवानाले बिबरलाई असल साथीमात्र भनेकी छिन्। बिबरले आफ्ना तस्बिर सार्वजनिक गर्न थालेपछि योवानाले पनि बिबरका तस्बिर सार्वजनिक गर्दै प्रेममय क्याप्सन लेख्न थालेकी छिन्।
प्रकाशित: जेष्ठ ३०, २०७१