केवल एक प्रश्न
गर्मी महिनाको कुन कुरा तपाईंलाई सबैभन्दा बढी मन पर्छ ?
- अमृत क्षेत्री, गायक
हल्का पहिरन लगाउन मिल्छ गर्मी याममा, खुला पहिरन लगाउन पाइन्छ, सेक्सी देखिएर हिँड्न सकिन्छ, गर्मी महिनाका फाइदैफाइदा छन् नि।
- शुभेच्छा थापा, नायिका
थोरै कपडा प्रयोग गर्न पाइन्छ, त्यही नै मलाई मन पर्छ।
- पारस मुकारुङ, गायक/संगीतकार
गर्मीले गर्दा चहलपहल कम हुन्छ, त्यो मलाई मन पर्छ नत्र सधैं भीडभाड मात्र हुन्छ, कमसेकम धेरै भए पनि भीड त कम हुन्छ।
- सविन राई, गायक
गर्मी महिनामा नदीको किनारमा गएर साथीहरूसँग पौडी खेल्न मन पराउँछु। कुनै चिसो स्थानमा गएर परिवारसँग रात बिताउन मन लाग्छ।
- बबिन्द्र नेम्वाङ, गीतकार
गर्मी महिनामा पौडी खेल्नुको आनन्द बेजोड हुन्छ, जसले गर्मीको रापमा शीतलता प्रदान गर्छ अनि शरीर पनि स्वस्थ रहन्छ।
- ममता प्रधान, मोडल/नायिका
गर्मी महिनामा आइसक्रिम खान मज्जा आउँछ, तर आइसक्रिम खान मन लागे पनि खान चाहिँ मिल्दैन र पो समस्या छ।
- सोनम पाख्रिन, मोडल/निर्देशक
गर्मी महिनामा पानी परेको साह्रै मन पर्छ, गर्मीले रापिएका बेला पानी पर्दा शीतलता अनुभव हुन्छ।
- रिया श्रेष्ठ, नायिका
कुल वार्म ड्रेस लगाएर स्मार्ट देखिन सकिन्छ, अनि सधैं कलरफूल भएर हिँड्न पाइन्छ।
- जीपी तिमिल्सिना, निर्देशक/इभेन्ट म्यानेजर