जनताको आवाज

युवाहरूलाई नेतृत्व हस्तान्तरण गरिनुपर्छ।

देशको यस्तो अवस्था आउनुमा पुराना नेताहरूको हात छ। सोच, विचार, कार्यशैली पुरानै भएर यस्तो अवस्था आइलागेको हो। अब जुझारु, काम गर्ने खालका युवाहरूलाई नेतृत्व हस्तान्तरण गरिनुपर्छ।
      - निमा महर्जन
पानीको समस्या एकदमै छ। घरबेटीहरू एक बाल्टिन पानी दिन पनि कन्जुस्याइँ गर्छन्, तर उनीहरूलाई घर भाडा बढाउन हतार हुन्छ। घरबेटीहरूका लागि पनि केही कडा नियम ल्याउनुपर्ने भयो।
      - मेन्दो लामा
सबै मन्त्रीले देशलाई लोडसेडिङमुक्त गर्छु भने पनि व्यवहारमा कसैले काम गरेर देखाउन सकेनन्। बरु यसको विकल्पका रूपमा के प्रयोग गर्न सकिन्छ, त्यतातिर पनि सोच्ने कि ?
      - च्याङ्बा स्याङ्तान
नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा भैरहेको भ्रष्टाचार रोक्न छुट्टै निकाय निमार्ण गर्नु जरुरी छ। हरेक निकायको भ्रष्टाचार रोक्ने छुट्टै निकाय खडा गरेर अघि बढ्नुपर्‍यो।
      - लेखानाथ मंगोल
प्रकाशित: वैशाख १२, २०७१