फ्रन्टपेज
युक्ता मुखी काठमाडौंमा
३६ वर्षीया युक्ता बलिउड अभिनेत्री पनि हुन्। सन् १९९९ मा मिस वल्र्डको उपाधि जितेपछि उनी चलचित्रतर्फ आकषिर्त भएकी थिइन्। कम्प्युटर साइन्समा स्नातक उत्तीर्ण करिब ६ फिट अग्ली युक्ताले पहिलो पटक सन् २००१ मा तमिल चलचित्र 'पुभेलन उन भासम' मा अथिति कलाकारका रूपमा अभिनयमा डेब्यु गरेकी थिइन्। सन् २००२ मा प्रदर्शन भएको हिन्दी चलचित्र 'प्यासा' बाट बलिउडमा डेब्यु गरेकी युक्ताले उक्त चलचित्रमा शीतलको भूमिका निर्वाह गरेकी थिइन्। त्यसपछि उनले अभिनय गरेका दुई चलचित्र 'लभ इन जापान' तथा 'कठपुतली' सन् २००६ मा प्रदर्शन भए। सन् २००७ मा प्रदर्शन भएको आसामी चलचित्र 'कब कहबा तूँ आई लभ यू' मा उनले एउटा आईटम नृत्यसमेत गरेकी थिइन्। सन् २००८ मा प्रदर्शन भएको चलचित्र 'मेमसाहेब-लस्ट इन अ मिराज' पछि युक्ताले कुनै पनि चलचित्रमा अभिनय गरेकी छैनन्।
शुक्रबार साँझको कार्यक्रममा युक्ताले आफ्ना धारणासमेत व्यक्त गर्नेछिन्। उनले कार्यक्रमका लागि खोलिएको लक्की ड्रका विजेतालाई पुरस्कार समेत बाँड्नेछिन्। त्यसबाहेक मुखीलाई कार्यक्रममा उपस्थित विभिन्न व्यक्तित्वसँग अनौपचारिक अन्तरक्रिया समेत गराइनेछ।
कार्यक्रममा नेपाली नायिका दिया मास्के पनि आकर्षणको केन्द्रमा रहने छिन्। कार्यक्रममा उनले दुईवटा भिन्न गीतमा नृत्य गर्दैछिन्। कार्यक्रममा नेपा डान्स एकेडेमीले कुमारी नृत्य प्रदर्शन गर्नेछ। उक्त अवसरमा पूर्व मिस नेपालहरू इशानी श्रेष्ठ, सदीक्षा श्रेष्ठ तथा मलिना जोशी पनि अतिथिका रूपमा सहभागी हुनेछन्।
कार्यक्रमको उत्तरार्द्धमा डिजे सेसन सञ्चालन हुनेछ, जहाँ डिजेले बजाउने ६०, ७० तथा ८० को दशकका गीतले मध्यरातसम्म नचाउनेछ। आमन्त्रितले मात्र प्रवेश पाउने उक्त कार्यक्रममा मनोरञ्जन, ब्यापार, कर्पोरेट तथा पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।