लोकगायक विरही कार्कीले मकवानपुरको डाँडाखर्कस्थित कमलादेवी माविमा कक्षा ९ मा अध्ययरत चेपाङ छात्रा मुना चेपाङलाई सुनखानी म्युजिकका तर्फबाट नगद ५० हजार रुपैयाँ पढाई खर्च प्रदान गरेका छन्। सुनखानी म्युजिकले गत फागुन २९ गते काठमाडौंमा आयोजना गरेको विरही कार्की एकल साँझबाट संकलित रकम चेपाङ छात्रालाई हस्तान्तरण गरिएको हो।
प्रकाशित: वैशाख ५, २०७१