म्युजिक अपडेट
सुवास
कदम
नेपाली गजल एल्बम 'कदम' को विमोचन गजलकार ज्ञानुवाकर पौडेलसहितका व्यक्तित्वको समूहले सामूहिक रूपमा गरेको छ। समारोहमा गायक आनन्द कार्की, हेमन्त शर्मा, संगीतकार शम्भुजित बाँस्कोटा, सन्तोष श्रेष्ठ आदिले विमोचित संग्रहको सफलताको कामना गरेका थिए। एल्बममा कमल अधिकारीको एकल संगीत सुन्न सकिन्छ भने शब्दहरू मधु साश्रु, चिरञ्जीवी नेपाल तथा राजकुमार अमात्यले रचना गरेका हुन्। एल्बममा संग्रहित गजल स्वरूपराज आचार्य, शिव परियार, हेमन्त शर्मा, कमल अधिकारी, स्मिता रानाभाट, रोशन अधिकारी तथा टोपेन्द्र बाबुले गाएका छन्।
प्रभाव
रेडियोकर्मी तथा गीतकार पुरुषोत्तम बस्नेतको एकल एल्बम 'प्रभाव' यसै साता सार्वजनिक भएको छ। कम्पास मिडियाले सार्वजनिक गरेको उक्त एल्बमका आधुनिक शैलीका गीतमा राजेशपायल राई, प्रमोद खरेल, दिनेश गौतम तथा मिलन अमात्यको स्वर सुन्न सकिन्छ। एल्बममा पुस्तक प्रसादको संगीत निर्देशन छ।
वर्णन
गायक तथा संगीतकार नरेन्द्र प्यासीका आधुनिक गीतहरूको एल्बम 'वर्णन' आइतबार काठमाडौंमा सार्वजनिक भएको छ। एल्बमका गीतमा पुरन थापाको एकल शब्दमा आठवटा गीत संग्रहित छन्।
अनुरागको आँचल
गजलकार अनुराग अधिकारीको चौथो गजल एल्बम 'आँचल' बजारमा आएको छ। अनुपम म्युजिकले बजारमा ल्याएको आँचलमाइन्दिरा जोशी, प्रमोद खरेल, मिलन अमात्य, दिनेश गौतम, सन्तोष रुचाल, दिनेश विष्ट, सूर्य गुरुङ, निरा रानाभाट एवं विजय अधिकारीको स्वर समेटिएको छ।