मलाई मन पर्छ
आस्था राउत, गायिका
बाल्यकालमै हेरेको यो चलचित्र मेरो मनमै गढेको छ। नेपाल कति सुन्दर छ भन्ने कुरा यो चलचित्रले वर्णन गरेको छ। चौंरीगाई भीरबाट झरेको दृश्य हेर्दा म रोएकी थिएँ।
नाटक ः कोर्टमार्शल
अहिलेसम्म हेरेका नाटकहरूमध्ये यसले मेरो मन छोयो। १ घण्टा ४५ मिनेटसम्म दर्शकलाई बाँधेर राख्न सक्ने यो नाटकमा कलाकारहरूले पनि उत्कृष्ट अभिनय गरेका छन्।
अभिनेता ः मह जोडी
उहाँहरूको अभिनय मात्र होइन, व्यक्तित्व र सेन्स अफ ह्युमर पनि उत्कृष्ट छ। प्राकृतिक रूपमै दर्शकलाई हँसाउन सक्ने क्षमता पनि यो जोडीमा छ।
अभिनेत्री ः गौरी मल्ल
जस्तो भूमिकामा पनि सहज अभिनय गर्न सक्ने क्षमताले मात्र होइन सुन्दरताका दृष्टिकोणले पनि उहाँ अब्बल हुनुहुन्छ।
संगीतकार ः सुरेश अधिकारी
उहाँको संगीत पर्फेक्ट लाग्छ। मैले पनि उहाँका गीत गाउने अवसर पाएकी छु। मेलोडीलाई टपक्क टिपेर कर्णप्रिय गीत तयार पार्न सिपालु हुनुहुन्छ।
गायक ः स्व.गोपाल योञ्जन
गीत गाउने शैली नै आकर्षक लाग्छ। मेरो बुवाले उहाँको 'निशानी' एल्बम घरमा ल्याउँदा म सानै थिएँ। त्यो उमेरमा पनि मैले उक्त एल्बमका गीत पटक-पटक सुन्दा क्यासेट प्लेयर नै बिग्रिएको थियो।
गायिका ः स्व.अरुणा लामा
उहाँको त स्वर नै मार्मिक छ। जुन गीत सुने पनि भावनामा डुब्न बाध्य पार्ने एक मात्र गायिका।
खाना ः दाल भात तरकारी
मलाई सादा नेपाली खाना मन पर्छ, त्यो पनि मेरी मामुले पकाएको !
पहिरन ः क्याजुअल
लगाउन सजिलो र शरीरलाई सुहाउने मात्र होइन, स्कुटीमा हिँड्दा पनि क्याजुअल पहिरन उत्तिकै सहज हुन्छ।
मौसम ः जाडो
म फेसनेबल ओभरकोट र लेदरको ज्याकेटकी पारखी हुँ। यी पहिरन लगाउने भनेकै जाडोमा त हो नि !