कार्यक्रम
रुद्र ब्यान्डले मन्त्रमुग्ध बनायो
भिजन फाउन्डेसन, उर्लाबारीले स्थानीय होटल सिंघीहिममा रुद्र ब्यान्डलाई प्रस्तुत गरेको हो। तबला, सारङ्गी, झ्याम्टा र बाँसुरीको आवाजलाई मिश्रण गर्दै पुराना तर चलेका गीतको धुन सुनाएर ब्यान्डले सबैलाई मुग्ध तुल्यायो। दर्शकहरूको मागमा ब्यान्डका भोकलिस्ट विश्व नेपालीले कैलाश खेरको 'तेरी दिवानी' तथा हिन्दी चलचित्र आसिकी टुको टाइटल ट्रयाकमा भिन्न स्वाद चखाए।