कन्सर्ट

बाँसुरीको धुन

बाँसुरीका उस्ताद पण्डित हरिप्रसाद चौरसियाको बाँसुरीको धुनमा गत शनिबार साँझ काठमाडौंवासी रमाए। भारतीय दूतावास तथा बीपी कोइराला नेपाल-भारत प्रतिष्ठानले आयोजना गरेको 'सुरमान्डु' कार्यक्रममा बाँसुरीको धुन प्रस्तुत गर्न चौरसिया नेपाल आएका थिए।
झुमाले झुमाइन
ताप्लेजुङकी गायिका झुमा लिम्बूले सङ्गीतका पारखीहरूलाई दमकमा झुमाइन्। एकल गीति कार्यक्रममा गायिका लिम्बूले दमक-१० स्थित सुरभी कला केन्द्रमा दर्शकहरूलाई आफूसँगै नचाइन्। उक्त अवसरमा वरिष्ठ लोक गायक एलपी जोशीले '७६ वर्षको उमेरमा त लाज पो लाग्दो रै'छ ....' भन्दै गाएको 'रिटिङ रिटिङ नबजाउ बिनायो' गीत प्रस्तुत गरेका थिए।
प्रकाशित: फाल्गुन ९, २०७०