केदार भए चितवन आइडल

चितवन
६ जना प्रतिस्पर्धीलाई पछि पार्दै नारायणगढका केदार वरुवाल क्षेत्री चितवन आइडल घोषित भएका छन्। रत्ननगरस्थित होटल गंगोत्री हाईवेमा भएको फाइनल प्रतिस्पर्धामा केदार चितवन आइडल बनेका हुन्। बरुवालले उपाधिसँगै नगद १ लाख रुपैयाँ पाए भने उनले ८ वटा नेपाली चलचित्रमा गीत गाउन पाउने बताइएको छ। उक्त प्रतिस्पर्धामा खैरहनी पर्साका सुरेश लामा फस्ट रनर्सअप तथा वीरेन्द्रनगरका नवराज श्रेष्ठ सेकेन्ड रनर्सअप भए।
कार्यक्रममा गायक रामकृष्ण ढकाल, नायिकाहरू वेनिशा हमाल, विनिता बराल, सुमिना घिमिरे, नायक सौगात मल्ल, निर्देशक बाबुराम ढकाल, हास्यकलाकार रवि डंगोल बेइमान, गायक कमल खत्री आदिले आ-आफ्नो प्रस्तुतिमार्फत दर्शकहरूलाई नचाउने तथा हँसाउने काम गरे। सिमि्रक कला प्रशिक्षण केन्द्रको प्रस्तुति एवं चितवन चलचित्र कलाकार संघको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो।
प्रकाशित: फाल्गुन २, २०७०