हलिउड
टपलेस स्टुअर्ट
जेनिफरको मदिराप्रेम
हलिउड नायिका जेनिफर लरेन्स यो साता दुईवटा कुराले चर्चामा रहिन्। यसपटकको गोल्डन ग्लोब एवार्ड समारोहमा बेस्ट सर्पोटिङ एक्ट्रेसको उपाधि उनलाई चर्चामा ल्याउने पहिलो कारण थियो। दोस्रो कारण भने उनले गरेको मदिरापान हो। एवार्ड पाउनुभन्दा एक दिनअघि शनिबार राति जेनिफरले आफ्ना प्रेमीसँग खुसियाली साटासाट गर्ने क्रममा अत्यधिक मदिरापान गरेको समाचार सार्वजनिक भएको छ। बेबरली हिल्सको एउटा होटलमा जेनिफरले प्रेमी निकोलस जोल्ट संगै बसेर मदिरापान गरेकी थिइन्। मदिरापानपछि दुवैले उक्त होटलमा रात बिताएको समेत चर्चा छ। त्यसो त मदिरापानका क्रममा उनीहरूसँग कलाकार ब्रेडली कूपर पनि थिए। यो समाचार सार्वजनिक भएपछि जेनिफरले आफूले कहिलेकाहीँ मात्र मदिरा पिउने कुरा स्पष्ट पार्दै एक ग्लास मदिरा नै आफ्ना लागि पर्याप्त हुने दाबी गरेकी छिन्।
इमीको उत्तेजक फोटोसुट
२७ वर्षको चढ्दो जवानीले मोडल तथा कलाकार इमी रोसुमलाई छपक्कै छोपेको छ। उनी बिनाहिचकिचाहट उत्तेजक फोटोसुट गरेर धेरैको आँखामा बसेकी छिन्। हालै मात्र एक म्यागजिनका लागि उनले हट फोटोसुट गराएकी छिन्। इमीले ईस्क्वायर म्यागेजिनको नयाँ अंकका लागि फोटोसुट गराएकी हुन्। फोटोसुटका क्रममा इमीले नग्न पोज पनि दिएकी थिइन्। भनिन्छ, आफ्नो आकर्षक शरीर देखाउने क्रममा इमी निकै खुलेकी थिइन्।