सृष्टि हिङमाङ, गायिका
सृष्टि २०६३ सालदेखि औपचारिक रूपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन्। गैरआवासीय संस्था ट्रेड भिजनको सहयोगमा जारी पहिलो एल्बम 'पाइला' मा समावेश गरिएको 'पूर्व रमाइलो' गीतले उनलाई गायिकाका रूपमा परिचय दियो। संगीतलाई जीवनको पर्यायका रूपमा लिने सृष्टि अहिले आफ्नो दोस्रो एल्बमको तयारीमा छिन्। सृष्टिले विभिन्न सांगीतिक प्रतियोगिताहरूमा सहभागिता जनाइसकेकी छिन्, जसमध्ये २०६५ सालमा नेपाल टेलिभिजनबाट प्रसारित 'भ्वाइस अफ टिन' मा उनी टपटेनमा पर्न सफल भएकी थिइन्। सोही वर्ष सम्पन्न पूर्वाञ्चल लोकगीत प्रतियोगितामा उनी प्रथम भएकी थिइन्।
तपाईंको विचारमा संगीत के हो?
संगीत जीवन हो। कुनै पनि मानिसको जीवन संगीतबिना अधुरो हुन्छ।
सांगीतिक क्षेत्रमा सानैदेखि लाग्न कसले प्रेरणा दियो?
घरपरिवार अनि मेरा संगीत शिक्षिका यशोदा शाक्य र कमला खनाल तथा गायक गौरव दर्पण। मलाई स्वरसम्राट् स्व.नारायण गोपाल र गायिका अरुणा लामाको स्वर सबैभन्दा बढी मन पर्छ। उहाँहरूको गीत सुनेर भने क्षेत्रमा लाग्न थप प्रेरणा मिल्यो।
भविष्यको लक्ष्यचाहिँ के छ?
सफल गायिका बनेर श्रोताहरूको मन जित्ने।