साइकलमा विश्वभ्रमण गर्न निस्किएका इरानी साइकलयात्री सोमए फरहान तथा सोहा इब्राहिमजण्डीले खिचेका तस्बिरहरूलाई काठमाडौं विश्वविद्यालयमा ललितकला अध्ययन गरिरहेका विद्यार्थीहरूले चित्रमा ढालेर तयार पारेको कलाकृतिको प्रदर्शनी 'फ्रम रियल टु सुररियल ः अ मेडिटेटिभ जर्नी' आज शुक्रबारसम्म चल्नेछ। बबरमहल रिभिजिटेडस्थित सिद्धार्थ आर्ट ग्यालरीमा जारी उक्त प्रदर्शनीमा विद्यार्थी कलाकारहरू विकास तमाकु, रमेश कठायत, छेवाङ लामा, प्रज्ज्वल भट्टराई, किरण महर्जन, प्रकाश रञ्जित, प्रबलविक्रम शाह, किरण राई, सरोज लामिछाने, मथियास प्ल्याङक, क्षितिज ज्ञवाली, निरोज महर्जन तथा प्रमोद थापाले तयार पारेका चित्रहरू राखिएका छन्। प्रदर्शनीमा सजिएका प्रति चित्रको मूल्य ३७ हजार रुपैयाँ छ।
प्रकाशित: माघ ३, २०७०