कन्सर्ट

मलेसियामा अशुसेन

गायक अशुसेन लामाले मलेसियामा आयोजना भएका तीन भिन्न कन्सर्टमा आफ्ना लोकप्रिय गीत संगीत प्रस्तुत गरेका छन्। क्वालालम्पुर, जोहार तथा सेनाइमा आयोजना गरिएको 'म्युजिक धमाका-२०१४' शीर्षकको कन्सर्टमा उनले आफ्ना लोकप्रिय गीत गाएका हुन्। कार्यक्रममा अशुसेनसँगै लोक गायक कृष्ण गुरुङ तथा नृत्यांगना पूणिर्मा श्रेष्ठले पनि आफ्नो प्रस्तुतिमार्फत उपस्थित नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।
प्रकाशित: पुस १९, २०७०